धनकुटा / छथर जोरपाटी गाउँपालिका ६ धनकुटामा रहेको पर्यटकीय स्थल हलहले पटेक डाँडा युवाहरुको सकृयतामा श्रमदानमा सरसफाई गरिएको छ । संरक्षणको अभावमा झाडी बुट्यान बन्दै गएको पर्यटकीय स्थललाई युवाहरुको सकृयतामा संरक्षण गरिएको स्थानीय युवा तथा परोपकार युवा समुहका सस्थापक खेमराज सुब्बा योङहाङले बताउनु भयो । स्थानीय युवा लक्ष्मी नारायण श्रेष्ठ,प्रकाश श्रेष्ठका साथै स्थानीय युवाहरुको सहभागीतमा सरसफाई सम्पन्न भएको हो ।
पर्यटकीय प्रचुर सम्भावन रहेको हलहले पटेक डाडालाई संरक्षण गर्ने उदेश्यका साथ सरसफाई गरिएको दिवेश खड्काले बताउनु भयो। छथर जोरपाटी गाउँपालिका धनकुटा र छथर गाउँपालिका तेह्रथुमको संगम स्थलमा रहेको मार्गपोखरी जाने बाटोलाई आउने दिनहरुमा सरसफाई गर्ने लक्ष्य रहेको जनाइएको छ ।
तस्विर: खेमराज योङहाङ


