इटहरी / इटहरीमा शुक्रबार देखि चैत १५ गतेसम्म प्रथम जुत्ता चप्पल महोत्सव सुरू भएको छ ।
इटहरीमा शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि काठमाडौंको आयोजनामा शुक्रबार देखि चैत १५ गतेसम्म लाग्ने प्रथम जुत्ता चप्पल महोत्सव सुरू गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको उद्घाटन नभइ बिक्रीवितरण भइरहेको छ । महोत्सव केही दिन भित्र उद्घाटन गर्ने भएको छ ।
नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदेश्यले आयोजना गरिएको समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका नि वर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए ।
मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहेकाले मेला अवधि भर विषेश छुटको व्यवस्था गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
उपभोक्ताहरुको बीचमा पुत्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराइ स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची साथ महोत्सव आयोजना गरिएको मेला संयोजक उपाध्यायले जानकारी दिए ।
व्यापार मेलामा नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलब्ध रहेका छन् । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी लगाएत ५ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता मेलामा ३ हजार भन्दा बढि मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध छन् ।
विहान ९ वजे देखि बेलुकी ७ वजे सम्म खुल्ला रहने,मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रवेश निःशुल्क रहेको छ ।


