इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक सुरू भएको छ ।

बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ ।

इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा   सावित हुने प्रतिवद्दता रहेको मन्त्री कार्कीले बताउनुभयो । प्रदर्शनीनले देश तर्फ पनि  एउटा महत्त्वपूर्ण योगदान पुर्याउने उहाको भनाइ थियोे । 

सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने र इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने व्यवस्था रहेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताउनुभयो ।

क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गरी सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले आयोजना गरिएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनमा जानका लागि सर्वसाधारणका लागि  ५० रूपैयाँ र विद्यार्थीका लागि रू. २५ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निशुल्क प्रवेश व्यवस्था रहेको क्यान महासंघका केन्द्रीय अध्यक्ष रंजित पोदारले जानकारी गराउनु भयो ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य , महासंघका सचिव शम्भु धमला ,टाइटल स्पोन्सर प्रबन्ध निर्देशक प्रमोद अधिकारी , क्यान महासंघ कोशी प्रदेशका निबर्तमान अध्यक्ष तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिना लगाएतले आफ्नो धारणा राखेका थिए । 

सुचना प्रविधिको क्षेत्रलाई उद्योगको रूपमा घोषण गर्न अपिल गरेको क्यान महासंघका केन्द्रीय महासचिव  तथा प्रवक्ता  चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । अझै पनि सुचना प्रविधि लाई अन्य विषयमा राखेर यो क्षेत्रबाट सफ्टवेयर  सर्बिस निर्यात गरे बापत नेपाल सरकारलाई ६८ अर्ब आम्दानी भएको  रिसर्च  रिपोर्टले देखाएको उहाले बताउनु भयो ।

सो कार्यक्रममा इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेल  , इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी टेकबहादुर कार्की, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, क्यान महासंघका प्रतिनिधि , क्यान सुनसरीका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि ,राजनीति दलका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240222_144827