इटहरी / इटहरी लेडि जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर इटहरी जुनियर लेडि जेसिजको पदस्थापना सम्पन्न गरेको छ ।

इटहरी लेडि जेसीजका अध्यक्ष ईन्दिरा काफ्लेको अध्यक्षतामा भएको इटहरी जुनियर लेडि जेसीजको पदस्थापना कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजन इटहरीका प्रमुख  राजेन्द्रराज तिमिल्सिना हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरु नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, जुनियर जेसीजका क्षेत्र क संयोजक  जेसी रिकेश भण्डारी, इटहरी जुनियर जेसीज अध्यक्ष. जेसी पवन बिष्ट, इटहरी लेडि जेसीजका संस्थापक अध्यक्ष जेसी मिना भण्डारी लगायत पुर्व अध्यक्षज हरुको सहभागिता रहेको थियो । 

त्यस्तै जुनियर लेडि जेसीमा अविज्ञा पौडेलको अध्यक्षतामा   इटहरी जुनियर लेडि जेसीजको  पदस्थापन सम्पन्न भएको हो ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रीता न्यौपाने, पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी गीता श्रेष्ठ, इटहरी लेडि जेसीजका संस्थापक अध्यक्ष जेसी मिना भण्डारी लगायत पुर्व अध्यक्षज्युहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।