सुन्दरहरैंचा / न्यायिक  समिति सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा “हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप” भन्ने नाराका साथ सुन्दरहरैँचा नगरपालिकामा मेलमिलाप सम्बन्धि भएको आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ ।

न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रम नगरप्रमुख केदारप्रसाद गुरागाईको उपस्थितिमा तालिम समापन भएको थियो । तालिममा ३२ जनालाई प्रमाण पत्र वितरण समेत गरिएको थियोे ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले तालिमबाट मेलमिलाप समबन्धि कला र सिप हासिल गरेर समाजमा दुवै पक्षलाई बिषयको अनुभूति दिएर भूमिका निर्वाह गर्न र मेलमिलापका आधारभूत पक्ष हासिल गरेर ब्यबहारमा लागु गर्नु पर्ने उहाँले बताउनुुभयो । नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संगीता बिष्ट र चेतराज बिष्टको सहजीकरणमा गत मंगलबारबाट तालिम गराइको थियोे । 

गाउँघरमा हुने सानातिना विवादहरु निष्पक्ष रुपमा गाउँ तथा वडास्तरमै मेलमिलाप गर्नका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिमको आबश्यकता रहेको न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख अकली चौधरीले बताउनुभयो ।

नगर प्रमुख केदार प्रसाद गुरागाईले तालिमले व्यक्तिमा जीवन उपयोगी हुने र कानुनका न्युनतम कुरा बुझनका लागि महत्वपूर्ण रहेको भन्दै कतिपय राजनीतिक घटना परिघटनामा परेका मुद्धाहरुमा छुटकारा पाउन सकिन्छ तर कानुनको अपहेलना भलै अज्ञानताको कारणले भएपनि छुट नहुने धारणा राख्नु भयो । मेलमिलाप तालिमले स्थानीय प्रतिनिधिलाई सहयोग पुग्ने सुन्दरहरैचा नगरपालिका पूर्व उप–प्रमुख धनमाया तामाङले बताउनुभयो ।IMG_20240220_182737