इटहरी / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश व्यापी रुपमा ७७ वटा जिल्लामा आयोजना गरिरहेको बीमा जागरण अभियानको मेचीदेखि सुरू भएको इटहरीमा पनि गरेको छ ।

कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख(सिओ) मनोज कुमार लाल कर्णको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

बिमाले जीवन स्थतर चलाउन नसक्ने ,समस्यामा परेका व्यक्तिलाई पनि बिमा गरेर राहत दिन कोशी प्रदेश सभासद रोहित बहादुर कार्कीले बताउनुभयो ।

बिमाले गर्ने इन्स्योरेन्सलाई पारदर्शी तथा बिमा कर्तालाई फाइदा हुने बिमा गर्न कार्यक्रमका विशिष्ट अतिथि रहेका इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भुवन राज पोख्रेलले बताउनुभयो ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा ,दुर्घटना मृत्यु बिमा , व्यक्तिगत दुर्घटना बिमा, घातक रोगहरूको बिमा ,आर्थिक अवस्था कमजोर भएकाको बिमा गर्दै आएको बिमा कम्पनीका  कोशी प्रदेश प्रमुख भुपराज पराजुलीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा होटल तथा लज व्यावसायी समिति इटहरीका अध्यक्ष उमेश दाहाल ,इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी , हिमालयन लाइफ इन्स्योरेन्स  लिमिटेड कोशी प्रदेशका उप प्रमुख सुरेन्द्र कुमार कर्ण ,हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका उप-प्रदेश प्रमुख भोलाकृष्ण मिश्र,बिमा   बिमा कम्पनीका दुहबी शाखा प्रमुख ऋषि राज पराजुली  ,बिमा कम्पनीका अभिकर्ता , सर्वसाधारण ,प्रहरी प्रशासन ,इटहरी शाखा प्रमुख कल्पना गुरूङ, विराटचोक शाखा सुमन लिम्बू ,लगाएत शाखाका प्रमुख ,स्थानीय संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।

IMG_20240220_133910