सुनसरी / स्थानीय वान्तावा राई भाषालाइ जीवन्तता एवं पुस्ता हस्तान्तरण गर्ने उदेश्यसहित किरात राई वान्तावाखिम केन्द्रिय कार्यसमितीको आयोजनामा एक दिवसीय स्थानीय वान्तावा राई भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण कार्यशाला सम्पन्न गरिएको छ।
शनिबार ओसियन पार्कको सभाहलमा पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक कार्यशाला गोष्ठीमा किरात राई वान्तावा खिम केन्द्रिय कार्यसमिति अध्यक्ष ज्ञान किरातीको अध्यक्षता तथा केन्द्रिय सदस्य भक्तबहादुर राइको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको हो । वान्तावा राइ भाषाविद शिक्षक लगाएत विज्ञहरुको संयुक्त संयोजनमा विद्यार्थी एवं शिक्षकलाई अध्ययन तथा अध्यापन गराउने उदेश्यसहित पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिएको जनाइएको छ ।
गोष्ठीमा खोटाङ , उदयपुर , भोजपुर , धनकुटा , पाचथर र इलाम गरि ६ जिल्लाका शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा संयोजक एवं वान्तावा खिम केन्द्रिय सदस्य भक्तबहादुर राइले बताएका छन् । उनले निर्माण सम्पन्न पाठ्यक्रमलाई कार्यशालाबाट परिस्कृत एवं परिमार्जन गर्ने बताएका छन् ।
कार्यशालाबाट परिमार्जन गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक सामाग्री आगामी शैक्षिकसत्रबाट पठनपाठन गरिने भएको छ । आफ्नो मौलिक भाषाको संरक्षण नगरे समग्र जाती र संस्कृति मासिने कार्यशालाका अध्यक्ष एवं किरात राई वान्तावा खिम केन्द्रिय कार्यसमिति अध्यक्ष ज्ञान किराती बताउछन् ।
कार्यशालाको सहजीकरण पदम राई , डा.इश्वर कुमार राई र निराजन राईले गरेका थिए । कार्यशालामा किरात राई वान्तावा खिम केन्द्रीय कार्यसमिति महासचिव रिता राराहाङ राई सचीव राम प्रसाद राई , पत्रकार , शिक्षक , भाषाविद लगाएत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


