इटहरी / इटहरी वितरक संघको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यता तथा इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल र फस्ट लेडि स्मीता तिम्सिना (खनाल)को सभापतिमा कार्यक्रम भएको थियोे ।
सम्पूर्ण वितरक व्यवसयीहरुको एकता समृद्ध नेपाल निर्माण आजको आवश्यक्ता रहेको इटहरी वितरक संघका महासचिव खगेन्द्र बिमलीले बताउनुभयो ।
संस्थाहरूको समस्या समाधान गर्न साथै मर्यादित बनाउन लागि परेको नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्मचार्यले बताउनु भयो ।
उद्योग वाणिज्य संघ र इटहरी वितरण संघ बिच नङ र मासुको जस्तो सम्बन्ध रहेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो ।
संघले सामाजिक कार्य देखि व्यवसायीका हजारौं मुद्दाहरूमा सहयोग गर्ने इटहरी वितरक संघका अध्यक्ष राजेश खनालले बताउनुभयो ।
वितरण संघले वितरणलाई जहाँ अप्ठ्यारो पर्छ त्यहा सहयोग गर्ने भन्ने मुख्य उदेश्य रहेको छ । सस्थामा महत्त्वपूर्ण सहयोग पुर्याउनेलाई सम्मान-पत्र तथा मायाको वितरण समेत गरिएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्मचार्य ,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली ,इटहरी वितरक संघका संस्थापक अध्यक्ष तथा नेपाल वितरक महासंघका केन्द्रिय उपाध्यक्ष टंक प्रसाद खनाल, नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गा गौतम , इटहरी वितरक संघका निवर्तमान अध्यक्ष तथा कोशी प्रदेशका अध्यक्ष कमल ढुंगाना ,इटहरी वितरक संघ प्रतिनिधि , व्यापारी लगाएतको सहभागीता रहेको थियोे । संघले सामाजिक कार्य समेत गर्दै आएको छ ।


