इटहरी वडा नम्बर १४ मा  तिन  दिने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा  वडा  मा रहेको बिभिन्न समुदायका नागरिकहरुलाइ लैङ्गिक हिंसा सम्बन्धी कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

उपमहानगरपालिकाका  वडा नम्बर १४ का अध्यक्ष रमेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा जनप्रतिनिधि उस्मान मिया, रुक्मिणी देबि चौधरी, डोमनि देबि पासवान, जमिला मियानि वडा सचिव लोकेन्द्र प्रसाद घिमिरे, युवा बिकास केन्द्रका प्रतिनिधि, स्मार्ट छोरी अभियन्ता, स्थानीय समाजसेवी  लगायत  ३ दिनमा वडा नम्बर १४ का बिभिन्न टोलका ६ स्थानमा २१७ जना महिला, किसोरी, बालबालिका, जेष्ठ नागरिक जनप्रतिनिधि को सहभागितामा  रहेको कार्यक्रम सहजकर्ता लक्ष्मी नेवारले बताउनुभयो ।

WhatsApp Image 2024-02-11 at 15.49.34_89ce8584

कानुनले अधिकार दिएको छ, त्यसको समीक्षा गर्नु पर्ने र आफ्नो कर्तब्य पनी संगसंगै  अक्षरश पालना गर्नु पर्ने प्रमुख अतिथि रमेश चौधरीले बताउनुभयो ।

WhatsApp Image 2024-02-11 at 15.49.26_667b4f06

अझै पनि घर घरमा लैङ्गिक हिंसाको समस्या यथावत रहेकोले  समस्या समाधानमा हामी सबै लागिपर्नु पर्ने वडा अध्यक्ष चौधरीले बताउनुभयो । उपस्थित सहभागीलाइ  अधिवक्ता सेमन्त मणि कोइरालाले समुदायमा सामाजिक, राजनितिक, शैक्षिक, पारिवारिक क्षेत्रमा हुने लैङ्गिक हिंसाको अवस्था र कानुनी बाटोको बिषयमा सहजिकरण गर्नुभएको थियो ।                                           WhatsApp Image 2024-02-11 at 15.49.29_fae3350bकार्यक्रममा सुनिता हुमागाईं, नवल रिजालले सहजीकरण गर्नुभएको थियो।