इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ ।  यहीँ फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा बिदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने भएको छ। 

क्यान सुनसरीले छैठौं पटक इन्फोटेक गर्न लागेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले जानकारी दिए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, बिज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका बिभिन्न ठाउँमा इन्फोटेक गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने गरेको छ। 

इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै बिभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उहाँले जानकारी दिनुभएको छ । इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ । जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ ।