इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ ।
इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् ।
पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताउनुभयो ।
अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले बताउनुभयो ।
वडाको भवन अगाडि नै उद्घाटन हुने थियोे भने केही वाधा अडचनले ढिलाइ भएको इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख द्वारिकालाल चौधरीले बताउनुभयो ।
युएइमा सम्पन्न भएको सुपर कप २०२४ को ८४ प्लस तौल समुहमा स्वर्ण पदक पाएका इटहरी वडा नम्बर ४ का सागर राउतलाई सम्मान समेत गरिएको थियोे ।
उद्घाटन कार्यक्रममा प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्की, इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइराला , इटहरी २ का वडा अध्यक्ष माधव कोइराला , इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदी , कार्यपालिका सदस्य भिमा कुमारी तुम्बाहापे, मा.विका प्रधानध्यापक हरिशंकर घिमिरे ,स्थानीय युवा व्यक्ति सुनिल कार्की , कार्यपालिका सदस्य , जनप्रतिनिधि , बुद्धिजीवी , स्थानिय टोल विकास संस्थाका प्रतिनिधि , वडाका कर्मचारी लगाएतको सहभागीता रहेको थियोे ।



