इटहरी / नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा ७ दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
वडा नं १२ का बिभिन टोल बाट ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिम निकै नै महत्त्वपूर्ण भएकाले यस्तै यस्तै किसिमका तालिम आगामी दिनपनि पनि ल्याउन वडा कार्यालयलाई तालिममा सहभागी लिला फुयाल बताउनुभयो ।
तालिममा सहभागी हरूले आफ्नो अनुभव देखेर दक्षता र क्षमता विकास देखिएको कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष भुवन राज पोखरले बताउनु भयो । महिलाहरूले सकेको ज्ञान अरूमा प्रदान गर्न सके वडा विकास लान सकिने उहाँको भनाइ छ। वडामा यस्ता खाले कार्यक्रम आगामी दिनमा समेत हुने वडा अध्यक्ष पोेख्रेलले बताउनुभयो ।
समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिम उपलब्धीमुलक भएको बताएका छन् । वडा न. १२ को सहयोग तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि. सुन्दरहरैचाको आयोजनामा माघ २४ गते बाट माघ १ गते सम्म भएको ७ दिनको तालिम प्रशिक्षक सिमा बस्नेत, अनिल पोख्रेल, मनोज भट्टराईले सहजिकरण गरेका थिए ।
उद्घोषण तथा नेतृत्व विकासमा वडावासिहरुको क्षमता अभिबृद्धी गर्ने तर्फ मध्यनजर गर्दै १२ नम्वर वडाका ३१ जना सहभागी गराएर तालिमको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष बिकल पौडेलले बताउनुभयो ।
कार्यक्रममा महिला वडा सदस्य विन्दा के.सीको सभाध्यक्षता तथा वडा सदस्य सन्यास कुमार साह,संजय कुमार मिश्र ,बिमलि सरदार, वडा सचिव राज कुमार विश्वकर्माको बिसेस आतिथ्यतामा तालिम समापन गरिएको वडा सदस्य बिमलि सरदारले बताउनुभयो।
तालिम लिएका ३१ जनालाई प्रमाण पत्र समेत वितरण गर्नुका साथै तालिम अवधि भर भएका विभिन्न खेलमा प्रथम हुने ३ जनालाई पुरस्कृत समेत गरिएको छ ।


