मिलन अधिकारी
इटहरी / डुबानको कारण इटहरी वर्षाको समयमा जलमय हुने गरेको छ । नियम विपरितका संरचना निर्माण गरि पैनि तथा खोलालाई असर पार्नु डुबानको मुख्य कारण हो ।
टेंगा खोला, खेति खोला, बुढी खोलाले जस्तै सुकुमारी पैनिले वडा नं. ५, ७ का केहि भुभाग डुबानमा पर्ने गरेको छ । स्थानियलाई पानी आयो कि डुवायो भन्ने पिरले बषौ देखि सताउने गरेको छ।
जनप्रतिनिधिले चुनावको समयमा डुबानको समस्य समाधान गर्ने भन्दै भोट मागेर नगरको बागडोर समाल्न थालेपछि स्थानीय सरकार मुखदर्शक बन्नु बाहेक केहि गर्न नसकेको स्थानीय सन्तोष निरौला बताउँछन् ।
वडा नं. ले भने, आ.व २०८०/८१ को वडाको वजेटद्दारा डेन निर्माण गरि गिट्टि बालुवा हालेर बाटो अग्लोबनाउने काम गर्ने सुरु गरेको छ ।
२०८०/८१ मा खोला पैनि मिचेर बनाएका संरचना भत्काउने भनि बारम्बार ३५ दिने सुचना निकालेर पनि इटहरीले कार्वान्यन भने गर्न सकेन् । अन्तीम’ पटक म्याद थपेर उपमहानगरपालिका मौन बन्यो । टेंग्रा खोलाको ६ किलोमिटर क्षेत्रमा ७४ संरचना भत्काउनुपर्ने भनेको थियो । जब समस्या तब राजनिती सरकार र राजनितीक दल भने जनता झुक्याउन व्यस्त जस्तै देखिन्छन् । खोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थप गर्यो अन्त्ततः इटहरी सरकार आफै हरायो ।
स्थानिय राधा देवी न्यौपाने भन्छिन् "बाटो बनियो घर बन्यो खोला पुरिए" । त्यसैको कारण डुबान भएको बताउछिन् ।
पहिले पहिले डुबान नहुने भन्दै बृद्द प्रेम प्रसाद पौडेल भन्नुहुन्छ । "तेर्सा बाटा बनिए पानीले निकास पाएन" । अब बाटो सँगै पानीको निकास गरिदिए देखि डुबान नहुने तर्क पौडेल गर्नु हुन्छ ।
वडा नं.७ का जनप्रतिनिधि दिपक घिमिरे भन्छन् । "मेरो वडामा आउने सुकुमारी पैनि हाल खोलामा परिणत भयो । स्थानियको अन्नबालीमा समेत डुबानले ठुलो क्षति पुर्याएको स्मरण गर्दै डुबानको समस्य समाधान गर्न आफुहरु सँग स्रोत र साधन नभएको भन्दै प्रदेश र संघमा गुनासो पोख्नु बाहेक बार्षिकरुपमा सरसफाई गर्न बाहेक केहि गर्न नसकेको घिमिरेले बताए ।
खोला पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर नियम विपरित संरचना बनाउन कानुनी व्यवस्थाले रोक्छ । नत नियमनकारी निकाय, नियम विपरित बनेका संरचना भत्काउन तर्फ लाग्छ । जब डुब्यो अनि हार गुहार । समय मै रोकथामका उपाय अपनाई नियम विपरित बनेका संरचना भत्काई खोला पैनिको चौडा फराकिलो बनाएर निकासा गरिदिने हो भने, डुबानको समस्य आउँदैन ।


