भोजपुर / जिल्ला समन्वय समिति भोजपुरको सातौँ जिल्ला सभा समापन भएको छ ।
समापन कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईले अधिकार बिकेन्द्रिकरण नहुँदा तल्लो निकायहरु बलियो हुन नसकेको बताउनु भएको छ ।
शुक्रवार भएको सातौँ जिल्ला सभामा सम्वोधन गर्नु हुँदै राईले अधिकार जति केन्द्रले बिकेन्द्रित गर्न नसक्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो । सवै अधिकार केन्द्र मातहतमा हुँदा प्रदेश र स्थानीय तहहरुलाई अधिकार र पैसा समेत कम दिने गरिएको पूर्वमुख्यमन्त्री राईको भनाई रहेको छ ।
संघीयता प्रणालीपछि विकासमा भने बिकेन्द्रिकरण भएको राईले बताउनुभयो । बिगतमा एक दुई वटा योजना पारिदिदाँ खुशी हुनु पर्ने अवस्था देखिने गरेको बताउँदै राईले अहिले भने बिकासका योजनाहरु बढदै गएको बताउनुभयो । उहाँले गरेका कामलाई पनि नगरेको भन्ने राजतिक प्रचलन देखिने गरेकोे बताउँदै जोसुकैले गरेपनि गरेको कामलाई गरेको भन्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भोजपुरका विभिन्न गाउँपालिका नगरपालिकाका प्रमुख , उपप्रमुखहरूको उपस्थिति रहेको थियोे ।


