इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १३ मा बाटो, ड्रेनका काम निर्माण तिब्र गतिमा हुनथाले पछि स्थानीयले खुसी ब्यक्त गरेका छन् ।
वर्खाको समयमा बाटो डुबान हुने भएकाले इटहरी १३ को प्रगति टोलमा वडा कार्यलयको १० लाखको लागतमा टायल सहित बाटो निर्माणको काम अगाडि बढाइएको हो ।
पहिला बाटो नबन्दा घुँडा घुँडा पानी जम्ने गर्थियो भने अहिले बाटो बन्ने भएपछि सहज हुन थालेको स्थानीय रेवती घिमिरेले बताउनुभयो ।
बर्खाको समयमा हिड्डुल गर्ने निकै कष्ट थियोे भने बाटो बन्न थालेपछि सजिलो हुने स्थानीय रोसन रिजालले बताउनुभयो ।
पानीले डुबान हुने क्षेत्रलाई समिति बनाएर कुलोलाई सफा गरि बाटो बनाउन लागि परेको वडा अध्यक्ष चन्द्रेश्वर सरदारले जानकारी दिनुभयो । ट्रायल लगाएर बाटो बनाउनदा राम्रो काम हुने समेत उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८०/०८१ मा वडाका विभिन्न टोलमा ७१ वटा बाटो, ड्रेन निर्माण सम्पन्न हुने वडा अध्यक्ष सरदारले बताउनुभयो ।
वडा बाटोमा बजेट लगाएको छ।


