सुनसरी / सुनसरीको बर्जु गाउँपालिका १ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
बर्जु गाँउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरीको उपस्थितिमा सार्वजनिक सुनुवाइ भएको थियोे ।
वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।
वडा सचिव मिलन खतिवडाले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए । वडाको पुष मसान्त सम्मको राजश्व संकलन ४ लाख ३६ हजार ७ सय १० रूपैयाँ भएको वडा सचिव खतिवडाले बताए । वडा नं. १ को स्विकृत योजनाहरुको ८० प्रतिशत कार्य सम्पन्न भएको खतिवडाको भनाइ छ ।
स्थानीय बासिन्दाले बाटो ,शिक्षा ,स्वास्थ र ,बालबालिका , जन्म दर्ता मृत्यु दर्ता , वडाले दिने सेवाको विषयमा प्रश्न उठाएका थिए ।
प्रश्नको जवाफ वडा अध्यक्ष दिल बहादुर गुरुङ, वडा सचिव मिलन खतिवडा , गाउँपालिका अध्यक्ष जिवछ कुमार राय, गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरी ,बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादवले स्थानीयले सोधेका प्रश्नको उत्तर दिएका थिए ।
वडाले दिने सेवालाई अझै प्रभावकारी वडाका जनप्रतिनिधि कर्मचारी बनाउन लागि पर्ने वडा अध्यक्ष गुरूङले बताए ।
गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरीले भनिन स्थानीयले उठाएका राम्रा नराम्रा विषयलाई सामेल गरेर अगाडि लागेन बताइन् ।गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने उपाध्यक्ष चौधरीको भनाइ छ । यि विषयका प्रश्नको समाधान गर्ने जिकिर गरिन् ।
गाउँपालिकाको जवाफदेही , पारदर्शीता , सुशासनका लागि सार्वजनिक सुनुवाई आवश्यक हुने गाउँपालिकाका अध्यक्ष रायले बताए ।गाउँपालिकाले प्रवाह गरेको सेवा प्रवाहका क्रममा भएका समस्या र समाधान गर्न लागि पर्ने अध्यक्ष रायले जानकारी दिए ।
कार्यक्रममा वडाका कर्मचारी , स्थानीय , विभिन्न राजनीति दलका प्रतिनिधि ,विद्यार्थी लगाएतको सहभागीता रहेको थियोे ।


