इटहरी / सुनसरी र उदयपुर जिल्ला जोडने कोशी पुल स्थित होटल कोशी प्यालेसमा संचालित सात दिने पटकथा लेखन कार्यशाला सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रम गरि उक्त कार्यशाला समापन गरिएको हो।  

सात दिने कार्यशालामा फिल्मको पटकथा तयार, पटकथा संरचना, जिवन्त चरित्र निर्माण, सटिक सम्बाद, फिचर लेन्थको पटकथाको विभिन्न आयामहरु पनि बुझ्न पाएको सहभागीहरुले बताएका छन् । यो कार्यशाला एक्दमै उपयोगी भएको सहभागी मोहन चापागाईंले बताए । 

आयोजक मिडल वे फिल्म्सका निर्देशक मोहन राईका अनुसार यो कार्यशाला आर्थिक लाभ भन्दापनि प्रदेश नम्बर १ का चलचित्रकर्मीलाई स्तरीय चलचित्र निर्माणमा दक्षता बनाउन कार्यशाला आयोजना गरिएको बताए। 

उक्त कार्यशालालाई नेपालका सुप्रसिद्ध पटकथा लेखक तथा सिनेमा कलेजका प्राध्यापक अबिनास बिक्रम शाहले सहजीकरण गरेका थिए । प्रदेश १ का चलचित्रकर्मिलाई केन्द्रमा राखेर उक्त पटकथा लेखन कार्यशाला आयोजना गरिएको थियो भने भबिस्यमा चलचित्र सङ संबंधित अन्य कार्यशाला पनि प्रदेश नमबर १ मा सन्चालन गर्ने योजना रहेको मिडल वे फिल्म्सका निर्देशक मोहन राइले बताएका छन् ।