इटहरी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा जनताको आन्दोलनबाटै राजतन्त्र स्थापना गर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा बुधवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष थापाले यस्तो बताएका हुन ।

उनले वर्तमान समयमा देश र जनताले सङ्घीयता धान्न नसक्ने भएकोले मुलुकमा राजसंस्था अनिवार्य रहेको बताए । ६२–६३को जनआन्दोलन पछि स्थापना भएको गणतन्त्रले मुलुकलाई विखण्डन , धार्मिक द्वन्द्व ,अराजकता , र गरिबी तर्फ उन्मुख बनेको अध्यक्ष थापाको भनाइ थियो ।

उनले प्रदेश संरचना तत्काल खारेज हुनुपर्ने माग पार्टीले विगत देखिनै उठाउँदै आएको र अबको मुख्य एजेन्डा भनेकै हिन्दु धर्म सहितको राजसंस्था , र सङ्घीयता खारेज रहेको प्रस्ट पारे ।

त्यस्तै दुर्गा प्रसाइकाे प्रसङ्गमा भने फरक धारणा राख्दै अध्यक्ष थापाले भविष्यमा सहकार्य हुन सक्ने पनि सङ्केत व्यक्त गरे । सङ्गठन निर्माण र प्रशिक्षण कार्यलाई समानान्तर रूपमा देशव्यापी योजनाबद्ध रूपमा सञ्चालन गरिने सुनसरी जिल्ला अध्यक्ष चन्देश्वर चौधरीले बताए  ।

कार्यक्रमको दोस्रो सत्रमा जिल्ला अध्यक्षहरूबाट प्रतिवेदन प्रस्तुत ,महामन्त्री एवं संगठन बिभागका प्रमुख राजाराम बर्तोलाबाट संगठन सुदृढिकरण कार्ययोजना , पार्टी अध्यक्ष  कमल थापाबाट जनआन्दोलन र राष्ट्रिय मोर्चा सम्बन्धि अवधारणापत्र प्रस्तुत ,अन्तरक्रिया र अन्तिममा पार्टीका अध्यक्ष थापाले सम्बोधन सहित समापन गरेका थिए ।

कार्यक्रममा पूर्वाञ्चल विकास क्षेत्र समन्वय समिति संयोजक प्रेमप्रसाद भट्टराई ,सुनसरी जिल्ला अध्यक्ष चन्देश्वर चौधरी, पूर्वाञ्जल विकास क्षेत्र संखुवासभाका उपाध्यक्ष दिलनाथ गिरी,  सुनसरीका सहमहामन्त्री प्रेमप्रसाद भट्टराइ, भोजपुरका सहायक महामन्त्री अम्बिका प्रसाद ढकाल , पूर्वाञ्चल  पूर्वाञ्चल स्तरीय नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थिति रहेको थियो ।