इटहरी / इटहरी उपमहानगरपालिका बाल अधिकार समितिका सदस्यहरूका लागि अनलाइनबाट हुने यौन दुर्व्यहार न्युनीकरण सम्बन्धि कार्यक्रम गरिएको छ । 

भ्वाईस अफ चिल्ड्रेन सुनसरीको आयोजनामा गरिएको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ का वडास्तरीय बालअधिकार समितिका सदस्यहरुका लागि अनलाईनबाट हुने बालयौन दुर्व्यवहार रोकथाम सम्बन्धी कार्यशाला कार्यक्रम गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरी वडा नम्बर २ र ३ समितिका २५ जनालाई अनलाईनबाट हुने दुर्व्यवहार न्युनीकरण सम्बन्धि ज्ञान सिकाइको हो । अनलाइनमा नराम्रो काम मात्र नहुने भएर पढ्न पनि सकिने भएकाले यस कार्याशालामा अहिले सम्म १ सय ७० जनाले ज्ञान लिएका कार्यक्रम संयोजक गोविन्द कोइरालाले बताउनुभयो ।

सामाजिक सञ्जालबाट हुने यौन दुर्व्यहार , अनलाइन माध्यमबाट हुने दुर्व्यहारको विषयमा समेटिएको ज्ञान फलदायी रहेको इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो । जहाँ यस्ता किसिमका घटना घटिरहेका छन् त्यहा गएर यस्ता विषयमा जानकारी दिदा अन्त्य राम्रो हुने उहाँको भनाइ छ ।

यो खेल्दै सिक्दै हेर्दै रमाइलो गर्दै प्रश्नको उत्तर दिदै अनलाइनको विषयमा जानकारी पाएको माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताउनुभयो । कार्यक्रममा इटहरी ३ का वडा सदस्य दिपेन्द्र लिम्बु , महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदनकुमार घिमिरे , इटहरी २ कि वडा सचिव रिता सुब्बा , इटहरी ३ कि वडा सचिव शुशिला कार्की , इटहरी २ हवाइचोकका प्रहरी बरिस्ठ हबल्दार नैन कुमार दनुवार , इटहरी २ कि वडा सदस्य भिमा कुमारी तुम्बाहाङफे ,  बाल क्लबका प्रतिनिधि  शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रमलाई इटहरी उपमहानगरपालिकाले समन्वय गरेको हो ।