इटहरी / इटहरी लेडि जेसीजले सहिद दिवसको अवसर परेर विद्यार्थी सँग जेसीज भन्ने मुलनारा सहित एकदिने विमर्श गरेको छ ।
इटहरी स्थीत कस्तुरी कलेजको सभाहलमा सहिदको सपना र वर्तमानको बारेमा कस्तुरीका विधार्थी सग विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा मनु मञ्जिल, डा.तारा काफ्ले र मोहन तिम्सिनाले विधार्थी सँग विद्यार्थीहरू सँग अन्तरक्रिया गरेका थिए । सो अन्तक्रिर्यामा उठेका प्रश्नको जवाफ मनु मञ्जिल, डा.तारा काफ्ले र मोहन तिमिसिनाले दिएका थिए ।
इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा कार्यक्रम भएकोमा थियोे ।कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिज पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल ,संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसी, उमेश भण्डारी , इटहरी लेडि जेसीजकि पुर्व अध्यक्ष उर्मिला कटुवाल, कस्तुरी कलेजका विद्यार्थी , शिक्षक लगाएतको सहभागीता रहेको थियोे ।


