इटहरी / इटहरीको सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक उत्सब तथा सहिद दिवसको अबसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
संस्थाको सोह्रौ वार्षिको उत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियोे जसमा ४७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा असल बालबचतकर्ता सदस्य, असल ऋणिसदस्य, जेष्ठनागरिक सेयर सदस्य , सेयर सदस्यहरुको परिवार बाट जेष्ठनागरिक सदस्य लाई सम्मान गरियो त्यस्तै सेयर सदस्यका छोराछोरिहरु मध्येबाट २०७९ सालमा सामुदायिक तथा संस्थागत विद्यालय बाट SEE मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उच्चशिक्षा तर्फ सर्वकृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियोे ।
कार्यक्रमको प्रमुख अतिथि इटहरी ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरे , संस्थाका सचिक काशीनाथ दंगाल संस्थाका प्रतिनिधि , स्थानीय, विद्यार्थी , विभिन्न टोल बिकास संस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।


