इटहरी / इटहरी वडा नम्बर १७ को लोकतान्त्रिक टोलमा संघिय सरकारकोे सहयोगमा सडक बनेपछि स्थानीय खुसि भएका छन् ।
बाटोको निर्माण नहुदा बर्खाको समयमा स्थानीयहरू डुबानमा पर्ने भएकाले इटहरी १७ को लोकतान्त्रिक टोलमा संघिय सरकारकोे सहयोगमा सडक निर्माण हुने भएपछि स्थानीयबासि खुसी भएका छन् ।
बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो भएकाले इटहरी १७ नम्बर वडाले ७० लाखको बजेटबाट ५ सय मिटर बाटो कालो पत्रे बनाउने काम तिब्र रुपमा अघि बढाएको छ ।
कालो पत्रे नहुदा सडक हिलाम्मे भएकाले अहिले पिच हुँदा खुसि भएको स्थानीय उमेश शाहले बताउनु भयो ।
सो टोलमा अति विपन्न गरीबहरू बसोबास गर्ने भएकाले संघिय सरकारको ७० लाखको लागतमा बाटो पिच बनाउने काम हुदै गरेको वडा अध्यक्ष प्रभात कुमार आचार्यले बताउनुभयो ।
दुई तिर प्रोटेकस्न नाला सहित बन्ने मुल सडकबाट डेढ सय मिटर उच्च स्तरीय ग्राबेल हुनेछ । बाटो जम्मा २४ फिट रहेको छ भने २० फुट पिच हुने भएको छ । आगामी वर्ष पिच सम्पन्न गर्ने वडाको योजना रहेको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।


