इटहरी / किरात राई यायोक्खा इटहरी वडा कार्यसमिति वडा नं १,१९ र २० ले किरात मुन्दुम प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार तरहराको भुपु सैनिकको भवनमा किरात राई समुदायलाई मुन्दुम प्रवचन गराईएको छ । मुन्दुमको बारेमा जानाकारी गराउदै, अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष वरिष्ठ गायक सस्कृती विद जितेन राईले गर्नु भएको हो । सो क्रममा जितेन राई, डा. शान्तिदेवि राईलाई सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि राईले कार्यक्रममा बोल्ने क्रममा आउने पुस्तालाई मुन्दुमको बारेमा जानकारी गराउनु पर्ने कुराको जिकिर गर्नु भयो । पुर्खाहरुले ल्याएको चलन मुन्दुम सम्बन्धि विभिन्न खाल्का व्यख्या गरेको र चुलोको बारेमा पनि चर्चा परिचर्चा आएको हुदा, त्यसलाई एकीकृत गराउनु पर्ने भएकाले मुन्दुम प्रवचन गराएको किरात राई यायोख्या वडा कमिटी अध्यक्ष इन्दिरा यालुङ्मा राईले बताउनु भयो ।
कार्यक्रमको प्रवचन किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष वरिष्ठ गायक सस्कृती विद जितेन राई, डा. शान्तिदेवि राईले दिनु भएको हो । कार्यक्रममा किरात राई यायोख्या वडा कमिटीका पदाधिकारी इटहरी २० नम्बर वडाका वडा सदस्य तनोज गुरुङ ,प्रमु राम राई ,शान्ति कला राई ,किरात समुदायका व्यक्तिहरु लगाएतको सहभागीता रहेको थियोे ।


