सुनसरी / दुहबी नगरपालिका वडा- ८ मा सन्तकवीर गुरु रविदास आश्रम शिलान्यास गरिएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ को रानीगाउँमा सन्तवीर गुरु रविदास मन्दिर प्रतिनिधि सभा सदस्य, पुर्व मन्त्री भगवती चौधरी तथा साधु संघ सुनसरी जिल्ला अध्यक्ष श्री श्री १०८ महन्त जेवल साहेवको अध्यक्षतामा  शिलान्यास गरिएको थियोे ।

२०७९ सालमा जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको संस्थाले समाजलाई राम्रो संस्कार दिलाई हत्या हिंसा मुक्त समाज बनाउन लागि पर्ने संस्थाका अध्यक्ष जेवल साहेवले बताउनुभयो । करिब ५० लाखको लागतमा आश्रम निर्माण हुने मन्दिरको निर्माण क्रमागत बजेटबाट सम्पन्न गर्ने जेवल साहेवले बताउनुभयो । विशिष्ट अतिथि प्रदेश सभा सदस्य रोहित बहादुर कार्की , स्थानीय समाजसेवी राजकुमार श्रेष्ठ , अमित्र राई , कुसेश्वर चौधरी , सत्यनारायण चौधरी साधु सन्ध, लगाएत स्थानीय बुद्धिजीवी समाजसेवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । IMG_20240127_165930