इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ स्तित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।
वर्खाको समयमा बाटो डुबान हुने भएकाले इटहरी ७ स्थित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले वडा स्थरीय योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत १० लाखको लागत र उपभोक्ताबाट १ लाख ९७ हजारको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको छ ।
डुबानले गर्दा निकै समस्या भएकाले अहिले बाटो निर्मा गर्दा खुसि भएको स्थानीय कुमार पौडेलले बताउनुभयो । बाटोको निकास सुकुमारी खोलामा जाने भएकाले यहाँका जनतालाई धेरै राहत मिल्ने पौडेलको भनाइ छ । गत सालका निर्वाचित प्रतिनिधि भन्दा अहिलेका प्रतिनिधिले निकै काम गरेको देख्दा आफू खुसी भएको उहाँले बताउनुभयो ।
सुकुमारी खोलाको पानी गाउँमा बस्ने भएकाले गाउँ डुबान हुने गर्थियो भने अहिले ड्रेन निर्माण सहितको बाटो निर्माण हुँदा डुबानलाई कटाएर वडाले व्यवस्थित गर्छ भन्ने आशा रहेको स्थानीय विनोद अधिकारीले बताउनु भयो ।
गाउँमा पस्ने पानिलाई सुकुमारी खोलामा निकास गर्न ड्रेन सहित बाटो निर्माण कार्य गरेको वडा सदस्य दिपक घिमिरेले बताउनुभयो । गत वर्षको डुबानले स्थानीयलाई सास्ती हुने भएकाले बाटो निर्माण गरेको वडा सदस्य घिमिरेको भनाइ छ ।
१८ इन्चको ड्रेन र दुई सय मिटरको बाटो निर्माण भएको हो । गत जेष्ठ १९ गते देखि बाटो निर्माण कार्य सुरू गरिएको २० ८१ साल जेष्ठ १९ गते सम्म बाटो निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।


