इटहरी / इटहरी उपमहानगरपालिका - ७ निवासी ९३ बर्षिय  त्रिलोचन गुरागाईं तथा ८४ बर्षिय कृष्ण माया गुरागाईं द्वारा इटहरी २ मा अवस्थित माया घरमा आश्रय लिरहेका १४२ जना आश्रित नागरिक लाई एक छाक खान वितरण गर्नु भएको छ ।

इटहरी उप-महानगरपालिका वडा नं २ मा रहेको निर्माणाधिन माया घरको "एक  इट्टा अभियान " कार्यक्रमलाई सहयोग पुर्याउन इटहरी उप-महानगरपालिका वडा न. ७ का जनप्रतिनिधि एवम् समाजसेवी नेत्र प्रसाद गुरागाईं  को अगुवाईमा हामी सुमंगल टोल बासीहरुले एकमुस्ट रु १०१०५ रुपैया सहयोग रकम उपलब्ध हस्तान्तरण गरेको त्रिलोचन गुरागाईंले जानकारी दिए ।

कार्यकममा इटहरी ७ का जनप्रतिनिधि हरु नेत्र प्रसाद गुरागाईं, दिपक घिमिरे तथा परिवर्तन एक अभियानका अध्यक्ष निश्चल  घिमिरे, परिवर्तन एक अभियानका प्रचार बिभाग प्रमुख एवम् स्थानीय सुबास घिमिरे  लगायत सुमगल टोलकाबुद्दिजिवि,समाजसेवी व्यक्तिहरुको उपस्थिति रहेको थियो।IMG-20240127-WA0004