इटहरी / इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३ औं स्थापाना दिवस मनाएको छ । र

शुक्रवार एक कामर्यक्रम गर्दै स्थापना दिवसको अवसर पारेर ३१ जना जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान गरिएको हो । सम्मानित हुने ३१ जना जेष्ठ सदस्यहरुलाई प्रति व्यक्ति ३ हजार नगदका दरले सम्मान गरेको हो ।IMG-20240126-WA0018

नेफ्स्कुनको नयाँ कार्य समितिमा  चयन भएका इटहरी तथा आसपासका क्षेत्रका पाँच जना नेफ्स्कुनका कार्यसमितिमा रहेकाहरुलाई समेत सो कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कुवेर शर्माले गर्नु भएको थियो भने नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्य तथा संस्थाका शेयर सदस्य लगायतको उपस्थितमा स्थापना दिवस मनाइएको हो ।