इटहरी / देशमा बेरोजगारी समस्या बढेपछि सफ्ट स्किल अर्थात छोटो समयमा सिकिने सिप कफि सम्बन्धि तालिम इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का युवाहरूलाई आत्मनिर्भर बनाउन कफि सम्बन्धि तालिम दिइएको छ ।

कफीलाई मन पराउनेको संख्यामा वृद्धि भएसँगै कफीसँग खेल्ने बारिष्टाको तालिम लिने र त्यसैमा रोजगारीको भविश्य खोज्नेहरु अहिले बारिष्टा तालिका केन्द्रमा लाग्नले युवाहरूलाई  कफि सम्बन्धि तालिम दिइने भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा संगम कोशी टेक्निकल ईन्च्टियुट प्रा. लि. को प्रविधिक सहयोगमा संचालन हुन गरिरहको १५ दिने कफी मेकिङ्ग ( बारिष्ता) तालिमको उद्घाटन गरिएको हो । 

इटहरी ३ का १० जना युवाहरूलाई इटहरीको संगित चोकमा अवस्थित संगम कोशी टेक्निकलको कार्यालयमा  कफी मेकिङ्ग सम्बन्धि तालिम दिने भएको हो । तालिमको प्रशिक्षक सफल मगरले १५ दिन सम्म दिने भएका छन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदीको सभापतित्वमा तालिमको उद्घाटन गरिएको थियोे । युवाहरूको आवश्यकता अनुसार स्वरोजगारी बनाउन कफि सम्बन्धि तालिम दिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । इटहरीका १० जना मात्र युवा मात्र नभएर बेरोजगारी युवाहरूलाई विभिन्न किसिमका तालिम दिएर स्वरोजगारी बनाउने हाम्रो लक्ष्य रहेको वडा अध्यक्ष सुवेदीको भनाइ छ ।

यस संस्थाले विराटनगर , विराटचोक , इटहरी लगाएत क्षेत्रमा युवा , बालबालिका , महिलालाई विभिन्न किसिमका तालिम दिएर आत्मनिर्भर बनाउदै आएको संस्थाकि सञ्चालक सीता घिमिरेले बताउनुभयो ।

पछिल्लो समय विदेशी कलेजमा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढेसँगै केहि सिप त सिकेर जाउँ न भन्ने विद्यार्थीहरु बारिष्टाको तालिम लिन आउने गरेका संस्थाका संचालक गोबिन्द कृष्ण भट्टराईले बताउनुभयो ।

सो कार्यक्रम वडा सदस्य पवित्रा कोइराला,वडा सदस्य मीना रसाइली,वडा सदस्य दिपेन्द्र लिम्बु, वडा सदस्य टिकाराम तामाङ्ग,वडा सचिब श्री सुसीला कार्कीको सहभागीता रहेको थियोे ।

कफीलाई मन पराउनेको संख्यामा वृद्धि भएसँगै कफीसँग खेल्ने बारिष्टाको तालिम लिने र त्यसैमा रोजगारीको भविश्य खोज्नेहरु अहिले बारिष्टा तालिमका केन्द्रमा लाग्ने गरेका छन् ।IMG_20240123_135126 1