इटहरी / नेपाली काँग्रेस निकट आदिवासी जनजाति महासङ्घ इटहरी उपमहानगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।

इटहरीको इम्पेरियल बेन्क्वीटमा सम्पन्न अधिवेशनले जीवन राईलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको छ । निर्वाचन समिति संयोजन वासुदेव कर्णका अनुसार राईको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत रूपमा चयन भएको हो । 

उपाध्यक्षमा सृजना राई र वीरेन्द्र चौधरी, सचिवमा सोमिता राई र प्रेम चौधरी, सहसचिव दलबहादुर तामाङ र मञ्जु श्रेष्ठ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा रेणुका श्रेष्ठ, शान्ता राई र एलीना चौधरी चयन भएका हुन् । निर्वाचित समितिले शनिबार नै पदभार ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशि प्रदेश समिती सदस्य तथा तरूण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङ , विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस कोशी प्रदेश समिति सदस्य सुर्य राई ,केशव भटराई, दिपक गौतम , अतिथमा इटहरी १ का वडा अध्यक्ष रतन कार्की (कैलाश ) इटहरी २० वडा अध्यक्ष तथा पूर्व क्षेत्रिय सभापति क्षेत्र नं. २ का मणिराम श्रेष्ठ , नेपाली काङ्ग्रेस इटहरीका प्रतिनिधि , महासंघका महासमिती सदस्य , नेपाली काङ्ग्रेसका सदस्य लगाएतको बाक्लो सहभागीता रहेको थियोे । 1705856253755