इटहरी / इटहरीमा रहेको इटहरी लेडि जेसिजको २२ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार इटहरीको दुर्गा पार्टी प्यालेशमा  भएको कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्य तथा इटहरी लेडि जेसिजकी वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको थियोे । ।

पदस्थापना कार्यक्रममा वर्ष २०२४ की अध्यक्ष इन्दिरा काफ्लेलाई वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईले पदभार सहित जेसिज चेन हस्तान्तरण गर्नु भएको थियोे । वर्ष २०२४ का लागि इटहरी  लेडि जेसिज इन्दिरा काफ्लेको अध्यक्षतामा उपाध्यक्षहरुमा रुविना थापा, शान्ति कटुवाल , प्रकृति चौलागाई , विमला पोखरेल र सचिवमा आशा गौतम चयन भएका थिए । अन्य पदहरुमा अध्यक्षले मनोनयन गर्ने भएको इटहरी  लेडि जेसिजकि वर्तमान अध्यक्ष इन्दिरा काफ्लेले बताउनुभयो ।

पदस्थापना कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्ष टेकवहादुर कार्की , इटहरी लेडी जेसिजका पुर्व अध्यक्षहरु , इटहरी जेसिज अध्यक्ष सुमन सुवेदी ,  रोटरी क्लव अफ इटहरीका अध्यक्ष माधव न्यौपाने लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।IMG-20240121-WA0000

इटहरी लेडि जेसिजले महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ भने इटहरी क्षेत्रमा सामाजिक गतिविधिहरुमा नेतृत्वादायि भुमिका समेत निर्वाह गर्दै आएको लेडि जेसिज वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईले बताउनुभयो ।IMG-20240121-WA0003