इटहरी / इटहरीका ६ वटा लायन्स क्लब तथा ४ वटा लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का क्लबहरुको लायन्स भवन इटहरीमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष लायन भुपराज पुरि ले गर्नुभएको छ ।
प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का डिष्ट्रिक्ट गभर्नर लायन विजय हरि सर्माले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

कुल २९ जनाले लियो लायन्सको नयाँ सदस्यता लिएकोमा संसारका १७२ बढी देशमा ४८ हजार लायन्स क्लब तथा १४ लाखभन्द बढी लायन सदस्यहरु रहेको विश्वको सबैभन्दा ठुलो मानवीय सेवाको कार्यलाई आत्मसात गर्दै “हामी सेवा गर्छौँ” भन्ने नारा बोकेको संस्था रहेको लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सिका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन बिकास अधिकारीले अवगत गराउनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुपर सम्बृद्धि, लायन्स/ लियो क्लब अफ तरहरा इटहरी, लायन्स/ लियो क्लब अफ इटहरी मनकामना, लायन्स क्लब अफ इटहरी सान्तिनगर, लायन्स/ लियो क्लब अफ इटहरी एक्टिभ, लियो / लायन्स क्लब अफ इटहरी प्रोफेसनल इन्जिनियरिङ्गका लगायत क्लबका निवर्तमान अध्यक्षहरुबाट क्लबका सम्पूर्ण जिम्मेवारीहरु नयाँ अध्यक्षहरुलाई सुम्पिएको लायन्स क्लब अफ इटहरी सुपर सम्बृद्धिका अध्यक्ष राकेस श्रेष्ठले बताउनुभयो ।



