माेरङ / माेरङकाे सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खाेलामा शुक्रबार बिहान एक जना वृद्ध पुरुषकाे शव फेला परेकाे छ ।
भाेजपुरकाे भाेजपुर नगरपालिका- २ घर भइ सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खाेलामा डुबेकाे अवस्थामा मृत फेला परेका हुन्। माेरङ प्रहरीमा प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गुरुङ शब्जी लिन भनेर बिहीबार गछिया बजार गएकाे खुलेकाे छ ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खाेजी थालेका थिए । खाेजी गर्ने क्रममा खाेलामा डुबेर मृत्यु भएकाे अवस्थामा बिहान ८ बजेतिर शव फेला परेकाे जानकारी दाहालले दिए ।
उनका अनुसार शब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खाेलामा डुबेका वृद्धकाे त्यही मृत्यु भएकाे हुनसक्छ । शवलाई पाेस्टमार्टमका लागि उर्लाबारीकाे मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनसन्धान सुरु गरिएकाे दाहालकाे भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वकाे टाेलीले घटनाको अनुसन्धान सुरु गरेकाे छ ।


