इटहरी/ परिवर्तन ... एक अभियान द्वारा माया घर नेपालमा रहेका १४२ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।
इटहरी उप-महानगरपालिका वडा नं ७ मा रहेका युवा तथा बौद्धिक वर्ग द्वारा सामाजमा सकारात्मक परिवर्तनका लागि स्थापित यस संस्थाले सुनसरीका बिभिन्न क्षेत्रमा सामाजिक कार्य, सचेतनामुलक कार्यक्रम, बिपन्न वर्गका नागरिक हरूलाई सहयोग पुर्याउने कार्यक्रम कै क्रममा इटहरी २ मा रहेको माया घरमा रहेका, परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४२ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई आज बिहानको १ छाक खाना (खाना, दाल, तरकारी, अचार )
वितरण गरिएको परिवर्तन ... एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरेले बताउनुभयो ।

उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ७ का जनप्रतिनिधि दिपक घिमिरे, नेत्र गुरागाईं साथै, आयोजक संस्थाका सह-सचिव इन्दिरा गिरि, सल्लाहकार संयोजक बसन्त पोख्रेल, प्रचार बिभाग प्रमुख सुबास घिमिरे, सदस्य हरु दिनेस गुरागाईं, महेस गुरागाईं, मदन काफ्ले, युवराज घिमिरे, मनोज बुडाथोकी, अच्युत चापागाईं, सुशिला घिमिरे,कुसल सत्याल,सन्तोस महत लगायत को सहभागिता रहेको सस्थाका उपाध्यक्ष संजय सर्माले बताउनुभयो ।

समाज प्रतिको आफ्नो दायित्व पुरा गरेकोमा खुसी ब्यक्त गर्दै जनप्रतिनिधि दिपक घिमिरेले परिवर्तन ... एक अभियान संस्था सग वडा कार्यालय बाट पनि बिभिन्न कार्यक्रम सहकार्य गर्न सकिने बताउनुभयो।




