इटहरी / इटहरी उपमहानगरपालिकाले नागरिक सहायता कक्ष,भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन तथा दुई पाङ्ङ्ग्रे विद्युतिय सवारी साधन सञ्चालनमा ल्याएको छ ।

बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्ष, भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन इटहरी उपमहानगरपालिका इटहरीका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् । 

इटहरी उपमहानगपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरु आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला (ल्याब) पनि सञ्चालनमा ल्याएको छ ।

बधुबार सडक गुणस्तर ल्याव प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरि विद्युतीयमा रुपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरे ।

​सो क्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा धेरै काम भएको दावी गरेका छन् । उनले इटहरीलाई हिलोमुक्त र धुलोमुक्त बनाउने ढंगले युद्दस्तरमा काम भइरहेको बताए । ‘हिलोमुक्त र धुलोमुक्त बनाउने अभियानलाई सफल पार्नका लागि सडक एम्बुलेन्स नै खडा गरिएको छ,’ उनले भने, ‘काँही सडक बिग्र्रनासाथ सडक एम्बुलेन्सले काम गरि हाल्छ ।’ उनका अनुसार इटहरी उपमहानगरपालिकाले अबको दुई वर्षभित्रमा सभागृहको निर्माण पुरा गर्ने भएको छ । सभागृह इटहरी वडा नं. ५ का काब्यबाटिका निर्माण हुने भएको छ ।

सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए । सडकको गुणस्तर मापनका लागि उपमहानगरपालिका भित्रै ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न थालेको इन्जिनियर दाहालले बताए ।

यसैगरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ । खाद्य परीक्षण सञ्चालनमा आएसँगै बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा कति प्रतिशत कैफियत भएको भनेर मापन गरि कारबाही गर्न सहज हुने खाद्य अधिकृत नवलकिशोर भट्टराईले बताए । उनका अनुसार अबदेखि आम उपभोक्तालाई आफूले खाने खाद्य वस्तुको गुणस्तर मापन गरि तत्काल जानकारी हुनेछ ।

उपमहानगरपालिका उपमेयर संगीता चौधरीले खाद्य ल्याब सञ्चालनले आफू अनुगमन गर्दा आँखाले देखिनेबाहेक क्वालिटी र क्वान्टिटीलाई छुट्याएर अनुगमनलाई थप सहज बनाउने बताइन् ।

इटहरी उपमहानपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक साहयता कक्ष पनि स्थापना गरि सञ्चालन गर्न थालेको छ । यस साहयता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरुको गुनासाका आधारमा काम अगाडि बढाइने उपमहानगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । 

यसैगरी, इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं. १७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रुपान्तरण गरि उपमहानगरपालिकालाई दुईवटा मोटरसाइकल हस्तान्तरण गरेका छन् । इन्जिनियरिङ्मा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरि विद्युतीयमा रुपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।IMG_20240117_130459

​चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए । नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ् स्टेशन पनि राखिने भएको छ । इटहरीको चौरास्त चोकमा वैशाख महिनाभित्रै दुईवटा आकाशे पुलको पनि निर्माण पुरा गरि सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित शहरको रुपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको  छ ।

उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर  सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले हामी मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण हो ।सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।

पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको हो ।  संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।