इटहरी / सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं १ को सहकार्यमा भएको कार्यक्रममा वडा नं १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो । तालिम समापनका क्रममा इटहरी वडा नं १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए । 

अहिले वैदेशिक रोजगारीको बढ्दो क्रममा युवाहरूको जनशक्तिको कम भएका कारणले थोरै लगानी व्यवसाय सञ्चालन गरिन सकिने भएकाले जिविका पार्जन गर्न सकिए रहेको तालिम प्रयोगकर्ता नविन आचार्यले बताए ।

इटहरी वडा नं १ बाट साबुन बनाउने प्रयोगात्मक तरिकाले एउटा घृहिणि महिलाले आफ्नो घरमा बसेर उद्यम भन्न जाने बाटो खुलेको तालिम प्रयोगकर्ता कविता सदाले बताइन् ।

सो क्रममा इटहरी वडा नं १ का वडा सदस्य हरिहर चौधरीले तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए ।

कार्यक्रममा मोरङ सुन्दरहरैँचामा सञ्चालित फिनेल र हर्पिक उद्योग हसिना ग्रुप प्रालिका सञ्चालक रोहित राईले गाउँ घरमा उत्पादन गरेका सामान समेत उद्योगले खरिद गरी हौसला प्रदान गर्ने बताए ।

तालिममा प्राकृतिक जडीबुटीबाट साबुन तयार गर्ने तालिम भने संवृद्धि प्राकृतिक साबुन उद्योग धरान शाखा सञ्चालक मनिता घिमिरेले दिएकी थिइन् ।यस्ता रोगलाई निर्मूल गर्नका लागि प्राकृतिक जडीबुटीबाट बनेको साबुन लाभदायी हुनाले यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको आयोजक संस्था एराईजन नेपाल सोसाइटी सुन्दरहरैँचा मोरङकी अध्यक्ष पार्वती गच्छदारले बताइन् ।IMG_20240115_093602