सुनसरी / गढी गाउँपालिका कार्यालयले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गढी गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका योजना ,शिक्षा ,स्वास्थ ,पशु ,कृषि, लेखाशाखा , प्राविधिक शाखा , राजस्व शाखा , महिला तथा बालबालिका शाखा , न्यायीक शाखा , सामाजिक शाखा, सहकारी शाखाका प्रमुखले गाउँपालिकाले एक वर्ष भरिमा गरेका गतिविधि प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको सार्वजनिक सुनुवाईमा उठाएका जवाफ गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल र गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहले स्थानीयहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियोे ।
गाउँपालिकाले प्रवाह गरेको सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका आफु लागि पर्ने गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले बताउनुभयो । गढी गाउँपालिकाको जवाफदेही, पारदर्शीता , सुशासनका लागि सार्वजनिक सुनुवाई आवश्यक हुने गाउँपालिकाका अध्यक्ष आश चौधरीले बताउनुभयो । गाउँपालिकाले आदिवासी जनजातिका विषयमा कार्यक्रम बनाएर सेवा गर्ने गाउँपालिकाका अध्यक्ष आश चौधरीले बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा सार्वजनिक चासोका विषयमा जिम्मेवार पदाधिकारी तथा सेवाग्राही बीच प्रश्नोत्तर साथै सेवाग्राहीले सार्वजानीका विषयमा सेवा सुविधा प्रवाहमा आगामी दिनमा अपेक्षा गरेका सुधारहरु समेत प्रष्फुटित हुने र बस्तु, सेवाधिकारीहरुबाट उक्त सुधारहरु हासिल गर्ने संभावनाहरुको बारेमा जानकारी प्रदान गर्ने प्रकृयाबाट सुधारका प्रतिवद्धता रहेको अध्यक्ष आशनारायण चौधरीले बताउनुभयो ।
गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहले बताउनुभयो । यी विषयका प्रश्नको समाधान गर्ने जिकिर गर्नु भयो । सेवाग्राही र सेवाप्रदायक विचमा काम गर्न सहयोग मिल्ने,विगत बगतमा भएका क्रियाकलापचाट पाठ सिकी आगामी दिनमा हुने क्रियाकलाप तथा योजना यंक्रममा कमी कमजोरी अत्यन्त न्यून हुने गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहले बताउनुभयो ।
कार्यक्रममा गढी गाँउ पालिकाका वडा नम्बर १ का अध्यक्ष प्रदिप कुमार चौधरी , वडा नं. २ का अध्यक्ष प्रभाकर माझी, वडा न. ३ का अध्यक्ष कुशेश्वर यादव , गढीका ६ वटै वडाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी , विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय लगाएतको सहभागीता रहेको थियो ।



