दुहबी / दिनेश चौधरी स्मृति प्रतिष्ठान दुहवीले सोनापुर स्थित मुसरी टोलका स्थानिय वासिन्दालाई लत्ता कपडा वितरण गरेको छ ।

 संघिय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यतामा लत्ता कपडा वितरण गरिएको हो । निर्वाचन जितेर गएपछि पहिलेका सांसद हरु फर्किएर नआउने गरेकोमा माननिय भगवती चौधरी  बेला बेलामा जनताकोमा आएर दुख गुनासाे सुन्दै   सोनापुरका  मुसरी टोलका स्थानिय वासिन्दालाई फरवार्ड दिनेश चौधरी स्र्मति प्रतिष्ठान माफर्त मुसरी बस्तिमा कठयाङग्रिदोे जाडोको अवस्था देखेर स्थानियलाई  न्यानो कपडा वितरण गरेकोमा स्थानीयले खुसी ब्यक्त गरेका छन् ।  IMG-20240113-WA0018

गरिव दलित तथा विपन्न  मुसरी टोलका ७० जानलाई न्यानो कपडा विरतरण गरिएको छ ।  जनप्रतिनिधि, विभिन्न संघ सस्थाका व्यक्तिहरु, लगायत स्थानियको उपस्थितिमा फरवार्ड दिनेश चौधरी स्मृति प्रतिष्ठानको सहकार्यमा संघिय सांसद भगवती चौधरीले लत्ता कपडा वितरण गरिएको द्रब्यराज चौधरीले बताउनुभयो ।IMG-20240113-WA0021