इटहरी / इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो १९ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
पुर्वअध्यक्ष चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा वार्षिक प्रगती विवरण, आयव्यय विवरण पेश गरिएको थियो ।
संस्थामा व्यक्तिगत र संस्थागत गरेर ७१४ जना शेयर सदस्य रहेका छन् । एक करोड ८८ लाख शेयर पुँजी रहेको संस्थामा ३ करोड ७२ लाख रुपैया निक्षेप र ६ करोड ४१ लाख रुपैया ऋण लगानी भएको जनाइएको छ । संस्थाले गत आर्थिक वर्षमा २५ लाख रुपैया नाफा गरेको छ । 
विभिन्न शेयर सदस्यहरुलाई सम्मान गरिएको साधारणसभामा पुर्व अध्यक्ष केशव विष्ट, इटहरी सहकारी शाखा प्रमुख बालकुमार पोख्रेल, पुर्व उपमेयर लक्ष्मी गौतम, टोल बिकास लघुउझम सहकारी संस्थाका प्रतिनिधि राजेन्द्र केशरी घिमिरे , दुग्ध उत्पादक सहकारी संस्थाका इटहरीका प्रतिनिधि खेम काफ्ले, सो सहकारी संघका प्रतिनिधि , विभिन्न सहकारी संघका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
सहकारीले नयाँ समिति गठन गर्ने ऐजेण्डासमेत रहेको छ । शुक्रबार नयाँ समिति छनोट हुन नसकेपछि आज पुनः बैठक बोलाइएको छ ।



