तेह्रथुम / आठराईको विकास र समृद्धि नचाहने तत्वहरूले विकासको काममा अवरोध सृजना गरेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
आठराईका हरेक विकासे योजनाहरू संचालनमा आउन साथ अख्तियार र अदालतमा मुद्दा लगाएर काम गर्न नदिएको बताए ।
आठराईको विकास, समृद्धि र नागरिक प्रतिको उत्तरदायित्व र जिम्मेवारी बहन गर्ने संकल्पलाई विकास विरोधी झुण्डले छेक्न र रोक्न नसक्ने अध्यक्ष पाहिमले फेसबुक मार्फत उल्लेख गरे ।
विकासको गतिलाई कसैले रोक्न सक्दैन, जनतासँग गरिएका बाचा पूरा गर्छौं । आठराईको बजारमा खानेपानीको चरम समस्या छ, “खानेपानीको योजना सुरु गर्यो, पानी आवश्यक छैन भनेर मुद्दा लाग्छ । आठराईमा पर्यटकीय गन्तव्य बनाउन काम सुरू गर्यो, मुद्दा लाग्छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्यो मुद्दा लाग्छ ।”
कानुनी प्रक्रिया पूरा गरि काम भइरहेको उहाँले बताउनुभयो । पालिकाको विकास र समृद्धिको काममा सहकार्य र सहयोग गर्न अध्यक्ष पाहिमले आग्रह समेत गरेका छन् ।


