इटहरी / इटहरीमा पृथ्वीनारायण साहको ३०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइको भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह समितिले इटहरीमा सांस्कृतिक झाकी सहितको कार्यक्रम गरिएको थियोे ।
लाखे, च्याब्रुङ, डम्फु नाच लगायत नेपाली सेना र सशस्त्र प्रहरी बलको विभिन्न सांस्कृतिक झाकी र र्याली प्रस्तुत गरिएको थियोे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङलाई प्रमुख वक्ता रहेका थिए । संस्कृतिविद् गुरुङले नेपाल एकीकरण र त्यसको सामाजिक सांस्कृतिक प्रभाव बारे बोलेका थिए ।
समितिले सोही अवसरमा विगतमा जस्तै विभिन्न विद्यालयमा वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो । विद्यालय स्तरीय प्रतियोगितामा २४ र कलेज स्तरमा १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । "नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदान" शीर्षकको वक्तृत्वकला प्रतियोगितामा दुवै तर्फ प्रथम भएका एकएक जना विद्यार्थीले कार्यक्रममा सम्बोधन गरेका थिए ।
१२ वर्ष देखी इटहरीमा सुरु भएको एकता दिवस मनाउने कार्यक्रम पछिल्लो समय भव्य बन्दै गएको प्राध्यापक डाक्टर बद्री विशाल पोखरेलले बताए । सुरुमा राजावादीको आरोप लागेपनि नेपाल र नेपालीको इतिहास सम्झाउने यो कार्यक्रम निक्कै महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।
सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पदाधिकारी, विभिन्न पेशा व्यवसायका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।


