संवातदाता : सिताराम चन्द्रवंशी

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा रहेको लाली गुराँस कृषि सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम दुग्ध सहकारी संस्थाको सभाहलमा संचालन गरिएको हो ।  यस सहकारीको स्थापन २०५६ साल बाट संचालनमा आएको संस्थामा हाल जम्मा २८० जना सेयर सदस्य र सेयर पुजि ६६१२०० पुगेको छ । कुल बचत संकलन सेयर पुजी  २७१९७२ र कुल ऋण लगानी २६७०४० रहेको  लाली गुराँस कृषि सहकारी संस्थाका अध्यक्ष नबराज बस्नेतले बताए ।

यस संस्थाको कार्यक्षेत्र बराहक्षेत्र नगरपालीकाको ६,७,८,९,१०र ११ र भोक्रहा नरसिंह गाउँपालिकाको १,२,३ र ४ सम्मका कृषक हरु आवाद्द छन् ।  कृषिसम्बन्धि विभिन्न  गतिविधिहरुको जानकारी गराउदै आएको सहकारीको ऐन ,  नियम कानुन सिद्धान्त र सहकारीको मुल्यमान्यता लाई मध्यनजर गर्दै आफ्नो बिधान बनाएर नियम नीति पालना गर्दै कृषिकलाई सेवा सुबिधा दिदै आएको सहकारी संस्थाका अध्यक्ष नबराज बस्नेतले बताए ।

कृषिकको सेवा सुबिधा आर्थिक सामाजिक बिकास लाई ध्यानमा राखी संस्था प्रती कृषि ब्यवसायलाई  बढाउन र संस्थाका सदस्यहरुको अवस्थलाई अझ माथी उठाउन सबैले भुमिका निर्वहा गर्नु पर्ने सुनसरी जिल्ला सहकारी संस्थाका अध्यक्ष गंगा प्रसाद दाहालले बताए ।IMG_20240112_194543

लाली गुराँसकृषि  सहकारी संस्थामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य लाई मायाको चिनो प्रदान समेत गरेको थियो । यस कृषि सहकारीको वृद्धि बिकासकोलागी भाबी  दिनमा सबै सेयर सदस्यको साथ सहयोग र सल्लाह सुझाव सँगै संस्थालाइ अझ माथी उठाउन सदैव संस्था अग्रसर रहने अध्यक्ष नबराज बस्नेतले बताए ।

कार्यक्रममा रामधुनी बचत तथा ऋण सहकारीका अध्यक्ष गणेश कुमार पौडेल , गाउँबेशी कृषि सहकारीका अध्यक्ष रबिन कुमार बस्नेत ,धराहरा कृषि सहकारी संस्थाका अध्यक्ष केशब राइ ,  संचालक समिती लगायत अन्य स्थानीय सहकारी संस्थाका प्रतिनिधि लगाएको सहभागीता रहेको थियोे ।IMG_20240112_194535