इटहरी : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरूलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

प्रत्येक वर्षझैं यसवर्ष पनि इटहरीमा नागरिक स्तरबाट पृथ्विजयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा संकृतिविद् डा.जगमान गुरूगं प्रमुख वक्ता रहने, नेपाल आर्मी, ससस्त्र प्रहरी सहितको झाकि प्रदर्शन तथा र्याली सहित बिध्यार्थी हरुको वक्तित्वकला प्रस्तुति सहित कार्यक्रम विहान ११ बजे इटहरी पश्चिम म्याजिक स्ट्याण्डमा हुने कार्यक्रम पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति संयोजक ग्यानेन्द्र दाहालले बताउनुभयो ।

यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।