इटहरी / इटहरी उपमहानगर पालिका वडा नं. ७ को पुर्वी मुसहरी टोलका स्थानिय वासिन्दालाई संघिय सांसद भगवती चौधरीले लत्ता कपडा साथै दिनाभद्री मन्दिरमा भाँडा वर्तन वितरण गर्नु भएको छ ।

जनप्रतिनिधिले काम गर्दैन्न भन्ने आम सर्वसाधाणको वुझाईलाई चुनौति दिदै आफु सांसद वन्नका लागि स्थानिय संग गरेको वाँचा अन्तर्गत इटहरी वडा न ७ का पुर्वी मुसहरी बस्तीका बासिन्दाले दिनाभद्री मन्दिरमा भाँडा वर्तनको माग गरेका थिए । उक्त माग सम्बोधन गर्नका लागि आफु आउदै गर्दा कठयाङग्रिदोे जाडोको अवस्था देखेर स्थानिय लाई कपडा समेत वितरण गर्नु भएको हो ।IMG-20240110-WA0011

दिनाभद्री मन्दिरमा समितिलाई ३९ वटा प्लेट, १४ थान ग्लास, ढक्कन २ थान, तपेस १ थान, कराई १ थान, फलामे पुँन्यु १ थान सर्वि स्पुन र डाडु ४ वटा, छन्नी ठुलो १ थान लगायतका समाग्री भगवती चौधरीले दिनाभद्री मन्दिर समितीका अध्यक्ष बिन्देश्वरी सदालाई उक्त समाग्री हस्तान्तरण गर्नुभएको हो । पुर्वी मुसहरी टोलका ४६ जानलाई न्यानो कपडा विरतरण गरिएको हो । 

स्थानियको मत लिएर गयो तर फर्केर आएन भन्ने स्थानियको गुनासो थियो । त्यसलाई मध्यनजर गर्दै प्रत्येक वडा,वडामा घर दैलो अभियन थालिएको वितरण गर्ने क्रममा संघीय सांसद भगवती चौधरीले वताउनु भयो । 

उक्त पहिलो घर दैलो अभियनका क्रममा  वडा नं. ७ का जनप्रतिनिधि, विभिन्न संघ सस्थाका व्यकितहरु, लगायत स्थानियको उपस्थितिमा संघिय सांसद भगवती चौधरीद्दारा लत्ता कपडा वितरण गर्नुका साथै दिनाभद्री मन्दिरमा भाँडा वर्तन वितरण गरिएको थियो ।IMG-20240110-WA0013