इटहरी / इटहरीमा क्षयरोगका नेपाल सरकारले क्षयरोग न्युनिकरण गर्ने उद्देश्यका साथ क्षयरोग भएर औषधी खादै गरेका  क्षयरोगीलाई पोषण युक्ति खानेकुरा वितरण गर्दै आएको छ । 

त्यसै अन्तरगत बुधबार इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा मार्फत एकम्बा स्वास्थ चौकी इटहरी १६ मा ५ जना क्षयरोगका बिरामीलाई पोषण युक्ति खानेकुरा वितरण गरेको हो । इटहरी उपमहानगरपालिकामा १ सय जना क्षयरोगका बिरामी रहेका छन् ।  जनता स्वास्थ भए देश स्वास्थ हुन्छ भन्ने निति अन्तरगर्त क्षयरोग नियन्त्रण गर्न तर्फ सरकार अघि बढेको छ । मासिक रूपमा औषधी खाई रहेकालाई खाद्यान्न वितरण गरिएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाकाका क्षयरोग नियन्त्रण संयोजक पुरुषोतम् निरौलाले बताउनु भयो । 

२०३०  सम्ममा क्षयरोग नियन्त्रण गर्ने नेपाल सरकारको निर्णय रहेको छ । यसै अन्तरगर्त इटहरीमा पनि क्षयरोग नियन्त्रण कार्यक्रम थालनी गरिएको छ ।  इटहरी १६ एकम्बा स्वास्थ्य चौकीमा दर्ता भएका ५ जनालाई २० केजी चामल, २ केजी दाहाल १ लिटर खाने तेल, डेढ केजि चना १ क्यारेट अन्डा क्षयरोगका विरामीहरुलाई वितरण गरिएको हो ।