विराटनगर / कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशीले मंगलबार नयाँ सभामुखका रूपमा विष्टलाई प्राप्त गरेको हो । 

तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख खाली थियो । करिब ६ महिना सभामुखविहीन बनेको प्रदेशमा अन्ततः राप्रपाका विष्ट सभामुख बनेका छन् । सभामुख बन्ने क्रममा उनले सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)को समेत साथ पाएका थिए ।