मोरङ / मोरङको केराबारी गाउँपालिका वडा नम्बर - ७ मा रहेको डाँगी बहुद्देशीय सहकारी संस्थाको ३६ औँ साधारण सभाले चन्द्रबहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन भएका छन् ।
साधारण सभाले कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कृष्णमाया गुरागाँई(पौडेल) चयन हुँदा सचिवमा साबित्रा तिम्सिना(घिमिरे) , सहसचिवमा डुगेन्द्र न्यौपाने , कोषाध्यक्षमा पुण्डरी सुबेदी चयन भएका हुन् ।
यस्तै संस्थाको सदस्यहरुमा दलबहादुर थापा, शंकर सुबेदी, नारायण गिरी, जमुनादेबी कार्की(भण्डारी), कमलशोभा राई र मिनप्रसाद घिमिरे चयन भएका छन् ।
यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक अग्निप्रसाद घिमिरे र सदस्यहरुमा गिता बराल(पौडेल) र जितेन्द्र कटवाल चयन भएको डाँगी बहुद्देशीय सहकारी सँस्थाका ब्यवस्थापक टिका घिमिरेले जानकारी दिए ।


