सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ ले वर्षौदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई निस्सा वितरण गरेको छ ।
आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका छन् ।
वडा नं. ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताए ।
लालपुर्जाको प्रक्रिया सुरु भएकाले भू उपयाेग नितिले ताेकेका मापदण्ड र अवस्थितिका आधारमा प्रकृया अघि बढ्ने नगरप्रमुख गुरागाईले बताए । यसलाई चाडैं टुङ्गोमा पुर्याउने गरि नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्था गरेर भएपनि काम सक्नेगरी लागि रहेकाे समेत बताए । वर्षौदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तर्गत पालिकाले यस अघिनै निस्सा वितरण सुरु गरिसकेको छ ।


