सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा १२ स्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लि. काे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए ।सहकारीकाे साधारण सभामा प्रगति एवम् प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएकाे थियाे । साधारणसभामा कार्यसमितिकाे तर्फबाट अध्यक्षकाे प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले प्रस्तुत गरेका थिए । काेषाध्यक्ष कुमार गुरूङले संस्थाकाे वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिकाे तर्फबाट संयाेजक नरबहादुर राईले प्रस्तुत गरेका थिए ।
साधारणसभाकाे अवसरमा संस्थाले विभिन्न क्षेत्रमा पुरस्कार तथा सम्मानकाे कार्यक्रम गरेकाे छ । जसमा उत्कृष्ट काराेबार गर्ने ८ जनालाई सम्मान गरिएकाे थियाे । यस्तै मासिक बचतकर्ता तथा बाल बचतकर्तालाई सम्मान गरिएकाे थियाे। ज्येष्ठ सदस्य तर्फ सिताराम नेपाललाई सम्मान गरिएको थियाे । असल ऋणी, इमानदार, उत्कृष्ट र नियमित कर्मचारी पुरस्कृत गरिएको छ । जसमा लेखापाल रूवि देव उत्कृष्ट, बजार प्रतिनिधि विनाेद श्रेष्ठ इमान्दार, नियमित मेघराज खनाल पुरस्कृत भएका छन्। मेन्छ्याम सहकारीकाे अध्यक्ष पद रिक्त रहेकोले साधारण सभामा कार्यबाहक अध्यक्ष रूपेस श्रेष्ठलाई सर्बसम्मत रूपमा अध्यक्ष पदमा नियुक्त गरिएको संस्थाकी सचिव सीता राईले जानकारी दिइन् ।


