इटहरी / सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

इटहरी रहेर सञ्चालन हुदै आएको सिमरवना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।साधारणसभा इटहरीको सत्संग भवनमा गरिएको थियोे ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी सचिव गोमा गिरिको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गिरिले सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएकी थिइन् ।

कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गरेका थिए । IMG_20240107_114121

२ हजार १६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३ करोड ४२ लाख रहेको छ । यस्तै संस्थाको बचत १३ करोड रुपैया रहेको छ । संस्थाले ५०२ जनामा १८ करोड रुपैया ऋण लगानी गरेको छ ।

संस्थाले विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्य र तिनका छोराछोरीलाई सम्मानसमेत गरेको थियो । कार्यक्रम संस्थाका सचिव काशीनाथ दंगालले सञ्चालन गरेका थिए । संस्थाले  बालबालिका , शिक्षा , वृद्ध वृद्धा लगाएत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।1704603241820