इटहरी / इटहरीमा विगत १३ वर्ष देखि सञ्चालनमा रहेको टेवा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार इटहरी म्याट्रिक्सको हलमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९÷८० को शेयर पुर्जी १ करोड ६० लाख २६ हजार ६ सय रहेको छ भने यस वर्षका संस्थाको कुल ऋण लगानी ३३ करोड ३१ लाख २ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको जम्मा कुल बचत नाफा १ करोड ४१ लाख ८ सय ८९ रहेको छ । संस्थाको कुल सम्पती ६ करोड ४० लाख १४ हजार ५ सय ५९ रहेको छ ।
सस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभामा उत्कृष्ट बचत कर्तामा ठाकुर सिह नेङवाङ् , मणि कुमार श्रेष्ठ पर्नु भएको थियो भने उकृष्ट ऋणीमा प्रेम प्रसाद खनाल, सविता पराजुलीलाई सम्मान गरीएको थियो । कार्यक्रमको अध्यक्षता इश्वरी प्रसाद पराजुलीले गर्नुभएकोे थियोे भने प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेल रहनुभएको थियो ।
सहकारी शाखाको बारेमा भएका निति नियमका बारेमा संस्थाका सेयर सदस्यलाई जानकारी गराउदै आफुहरूले आफ्नो क्षेत्र अधिकार भित्र रहेका सहकारीले आगामी दिनहरूमा शेयर सदस्य ठगि गर्न नदिने पोख्रेलले बताउनु भयो ।
अतिथिहरू बचत तथा ऋण सहकारी सघ महिला उपाध्यक्ष ममाता शाक्य, राष्टिय सहकारी बैंक प्रमुख सविना श्रेष्ठ, सस्थाका सल्लाकारहरु देवनारायण श्रेष्ठ, तिर्थ पराजुली, उद्योग वार्णिज्य सघ केन्द्रिय सदस्य टंक दुलाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा सहकारीका शेयर सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । टेवा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न खाल्का कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


